Kathmandu Press

सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जाँदा पार्टी फुटबाट बच्छ : नेता कोइराला 

पार्टी केन्द्रीय कार्यसमितिले सम्र्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जाँदा पार्टी फुटबाट बच्ने र यस्तो निर्णयले पार्टीलाई एकताबद्ध बनाउने भनाई कोइरालाको थियो। 
सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जाँदा पार्टी फुटबाट बच्छ : नेता कोइराला 
फाइल तस्बिर।

काठमाडौं, मंसिर २ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी केन्द्रीय कार्यसमितिले सम्र्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जाँदा पार्टी फुटबाट बच्ने भनाई राखेका छन्। 

काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा मंगलबार बिहान पुगेका युवा नेताहरूसँगको भेटमा नेता कोइरालाले यस्तो भनाई राखेका हुन्।

पार्टी केन्द्रीय कार्यसमितिले सम्र्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जाँदा पार्टी फुटबाट बच्ने र यस्तो निर्णयले पार्टीलाई एकताबद्ध बनाउने भनाई कोइरालाको थियो। 

मंसिरमा सम्भव नहुने अवस्थामा पुस अन्त्यसम्ममा भए पनि नियमित अधिवेशनमै जानुपर्नेमा कोइरालाले जोड दिए। 

‘पुससम्म महाधिवेशन हुन सकेन भने केन्द्रीय समितिले सर्वसम्मत निर्णय गरी विशेष अधिवेशनमा जाने। त्यसो भए पार्टीलाई एकतावद्ध बनाउन र फुटबाट पनि बचाउन सकिन्छ,’ कोइरालाले भने। 

प्रकाशित मिति: १३:३१ बजे, मंगलबार, मंसिर २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्