सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंविरुद्ध म्याद लिने तयारी
प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी गर्दै प्ररहीले म्याद लिने तयारी गरेको हो। यसका लागि प्रहरीले प्रमाण संकलन गरिरहेको छ।
काठमाडौं, मंसिर २ : सोमबार राति पक्राउ परेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंविरुद्ध प्रहरीले म्याद लिने तयारी गरेको छ।
प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी गर्दै प्ररहीले म्याद लिने तयारी गरेको हो। यसका लागि प्रहरीले प्रमाण संकलन गरिरहेको छ।
अभिव्यक्ति स्वतन्त्रताका नाममा प्रसाईंले सार्वजनिक शान्ति खलल पुग्ने देखिएको प्रहरीको ठहर छ। उनलाई प्रसाईंलाई परिसरको भद्रकालीमा राखिएको छ ।
प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए। सोही अनुसार तयारी पनि तिव्र पारेका थिए । तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो।
प्रसाईं पक्राउपछि नागरिक बचाउ दलले आजैबाट प्रदर्शन गर्ने बताएको छ। सोपछि उपत्यकाको सुरक्षा कडा बनाइएको छ।












