नेकपा एमालेको संसदीय दलको बैठक बस्दै
बैठक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो।-1763442463.jpg)
काठमाडौं, मंसिर २ : नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ।
बैठक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो।
विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न बैठक बोलाइएको निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
एमालेले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै पुनस्र्थापनाको माग गरिरहेको छ।
प्रकाशित मिति: १०:५३ बजे, मंगलबार, मंसिर २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












