Kathmandu Press

कांग्रेस र एमालेका प्रमुख सचेतकले गरे सभामुखसँग संसद् पुनर्स्थापनाबारे छलफल

कांग्रेस र एमालेमा प्रतिनिधिसभा पुपुनर्स्थापना कि चुनाव भन्ने बहस चलिरहेका बेला दुईजना निवर्तमान प्रमुख सचेतकले सभामुख घिमिरेलाई भेटेर संसद पुनर्स्थापनाका विषयमा छलफल चलाएका हुन्। 
कांग्रेस र एमालेका प्रमुख सचेतकले गरे सभामुखसँग संसद् पुनर्स्थापनाबारे छलफल

काठमाडौं, मंसिर १ : नेपाली कांग्रेस र नेकपा एमालेले सोमबार प्रतिनिधिसभा पुनर्स्थापनाबारे सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन्।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभामुख घिमिरेलाई भेटेर सिंहदरबारमा उक्त छलफल गरेका हुन्। 

Hardik ivf

सभामुख घिमिरेको कार्यकक्षमा छलफल भएको थियो। गत २७ भदौमा प्रतिनिधिसभा विघटन भएपछि पहिलोपल्ट सभामुखसँग संसद पुनर्स्थापनाबारे छलफल भएको हो। अन्तरिम सरकारले आगामी २१ फागुनका लागि चुनावको मिति तय गरिसकेको छ।

कांग्रेस र एमालेमा प्रतिनिधिसभा पुपुनर्स्थापना कि चुनाव भन्ने बहस चलिरहेका बेला दुईजना निवर्तमान प्रमुख सचेतकले सभामुख घिमिरेलाई भेटेर संसद पुनर्स्थापनाका विषयमा छलफल चलाएका हुन्। 

यसअघि कांग्रेस र एमालेसम्बद्ध विघटित प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर समेत संकलन गरेका थिए। प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा विघटित प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर संकलन गरेका दुवै प्रमुख दलका प्रमुख सचेतकले सभामुख घिमिरेसँग छलफल गरेका हुन्।

एमालेले मंगलबार विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक समेत डाकेको छ। बैठक एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ। 

प्रकाशित मिति: १९:०२ बजे, सोमबार, मंसिर १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्