Kathmandu Press

कृषि क्षेत्रलाई प्राथमिकता दिन सके जस्तो सुकै महामारीबाट पनि जोगिन सकिन्छ : सांसद तामाङ

काठमाडौं, जेठ ५ : नेपाल कम्युनिष्ट पार्टीका सांसद् तथा पूर्व मन्त्री शेरबहादुर तामाङले शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई उपेक्षा ....

कृषि क्षेत्रलाई प्राथमिकता दिन सके जस्तो सुकै महामारीबाट पनि जोगिन सकिन्छ : सांसद तामाङ

काठमाडौं, जेठ ५ : नेपाल कम्युनिष्ट पार्टीका सांसद् तथा पूर्व मन्त्री शेरबहादुर तामाङले शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई उपेक्षा गरेको बताएका छन्।

उनले अहिले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणमा जुट्नुपर्ने समयमा सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नु राम्रो भएको भन्दै यस्तो समयमा कृषि क्षेत्रलाई पनि प्राथकिता दिन सके जस्तै जतिसुकै महामारी फैलिए पनि बाँच्न सक्ने बताए।

’पहिलो प्राथमिकता स्वास्थ्य नै हो रोगले कोही नमरोस् र दोसा्रे कृषि नै हो कोही पनि खान नपाएर मर्नु नपरोस्,’ उनले भने,’गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा पाँच लाखलाई रोजगारी दिने भनिएको थियो। कतिले रोजगारी पाए ? बोलेर मात्रै हुँदैन। विदेशमा भएका पनि अव स्वदेश फर्किन्छन् तीनलाई रोजगार दिन पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिनुपर्छ।’ 

उनले खाद्यान्न आयात गर्दा विदेश पठाइने रकम जोगाउन सके ४३ लाख मानिसले रोजगार पाउने बताए। खाद्यान्न आयातको लागि दुई खर्व १८ अर्व विदेश पठाइएछ त्यसलाई जोगाउने हो भने एक व्यक्तिले करिब ५० हजार कमाउँछन् भन्ने तथ्यांक राख्ने हो भने पनि ४३ लाख मान्छेले राजगार पाउँछन्। यी विषय निति तथा कार्यक्रममा देखिएन’उनले भने।

प्रकाशित मिति: १४:२७ बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्