Kathmandu Press

मधेश प्रदेशका पाँच सांसदलाई तत्कालका लागि पदमुक्त नगर्नू : सर्वोच्च 

सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मधेशका सभामुख रामचन्द्र मण्डलका नाममा अन्तरिम आदेश दिएको हो। 
मधेश प्रदेशका पाँच सांसदलाई तत्कालका लागि पदमुक्त नगर्नू : सर्वोच्च 

काठमाडौं, मंसिर १ : सर्वोच्च अदालतले मधेश प्रदेशका पाँचजना सांसदलाई अर्को आदेश नभएसम्मका लागि पदमुक्त नगर्न सोमबार अन्तरिम आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मधेशका सभामुख रामचन्द्र मण्डलका नाममा अन्तरिम आदेश दिएको हो। 

Hardik ivf

मधेश प्रदेशका सभामुख मण्डलले गत कात्तिक २७ गते जनता समाजवादीका ४ र नागरिक उन्मुक्तिका १ गरि पाँच सांसदलाई पदमुक्त गरेका थिए। 

मण्डालको निर्णय अनुरुप जसपाका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंह पदमुक्त भएका थिए।

सभामुख मण्डलको उक्त निर्णयविरुद्ध पाँच सांसदहरु सर्वोच्च पुगेका थिए । सर्वोच्चले उक्त प्रकरणमा पक्षविपक्षलाई छलफलमा झिकाएको छ। 

प्रकाशित मिति: १६:२४ बजे, सोमबार, मंसिर १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्