Kathmandu Press

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता 

गत असोज ३० गते कार्की नेतृत्वको अन्तरिम सरकारले अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। 
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता 

काठमाडौं, मंसिर १ : राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको प्रश्न उठाउँदै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सोमबार अवहेलना मुद्दा दर्ता भएको छ।

अधिवक्ता प्रेम सिलवालले मुद्दा दायर गरेका हुन्। उक्त मुद्दामा सुनुवाईका लागि मंसिर ७ गतेलाई पेशी तय भएको छ। 

गत असोज ३० गते कार्की नेतृत्वको अन्तरिम सरकारले अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। 

सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्ने अन्तरिम आदेश दिएको थियो।

तर प्रधानमन्त्री कार्की आफैले सम्हालेको परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाउन परिपत्र गरेको थियो। राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको थियो। 

त्यसपछि नेपाल फर्किएका राजदूतहरु राजदूतहरू परराष्ट्रमा हाजिर जनाउँदै फर्किंदै गरेका छन्।

प्रकाशित मिति: १३:५८ बजे, सोमबार, मंसिर १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्