Kathmandu Press

सात दलीय गठबन्धनका प्रदेश सांसदहरूको आज पनि धर्ना 

धर्नामा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। 
सात दलीय गठबन्धनका प्रदेश सांसदहरूको आज पनि धर्ना 

काठमाडौं, मंसिर १ : मधेश सरकार गठन अबैध रहेको बताउँदै सात दलीय गठबन्धनका प्रदेश सांसदहरूले आज पनि मधेश भवन अगाडि धर्ना दिएका छन्। उनीहरुको धर्ना सातौं दिन पनि जारी रहेको छ।  

धर्नामा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। 

संविधानको धारा १६८ को ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकार असंवैधानिक रहेको दाबी उनीहरुको छ। 

यसैविच, मधेश सरकार गठनविरुद्ध दायर भएको रिटमा सोमबार सर्वोच्च सुनुवाइका लागि पेशी तोकिएको छ । मधेश सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग लगाए। यता सात दलीय गठबन्धन निरन्तर आन्दोलनमा छन्।


 

प्रकाशित मिति: १३:५५ बजे, सोमबार, मंसिर १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्