Kathmandu Press

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव 

उनले सबैतिर निराशा पैदा हुँदा बैंकिङ क्षेत्र समेत प्रभावित बनेको भन्दैै बचत बृद्धि र लगानीमा समेत निराशा बढेको बताए। 
नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव 

काठमाडौं, मंसिर १ : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९ औं वार्षिकोत्सव मनाएको छ। 

यसै अवसरमा सञ्चालक समितिका अध्यक्ष प्राडा डिल्लीराज शर्माले लामो इतिहास बोकेको नेपाल बैंकको प्रगतिको लागि सबैलाई धन्यवाद दिए। 

‘लामो इतिहास हामीले बोकेछौ । बैंकको अहिलेसम्मको आरोह अवरोह उतारचढावका बीच पनि बैंकलाई प्रतिष्ठित बैंकका रुपमा नेपालीहरुको आफ्नो बैंकको रुपमा सबैले विश्वास गरेको बैंकको रुपमा यो अवस्थासम्म ल्याइपुर्याउन सम्पूर्ण निकायलाई हार्दिक धन्यवाद व्यक्त गर्छु,’ उनले भने।

उनले सबैतिर निराशा पैदा हुँदा बैंकिङ क्षेत्र समेत प्रभावित बनेको भन्दैै बचत बृद्धि र लगानीमा समेत निराशा बढेको बताए। 

‘आज हामीमाझ धेरै चुनौतिहरु सिर्जना भएका छन् । बैंकका तरलता बढ्दै गएको छ । बचत बृद्धि भएको छ । आज लगानीमा निराशा छ । व्यवसायीक क्षेत्रहरु असाध्यै निराशाजनक अवस्थामा छ । हामीले कुरा गर्दा नि चिन्ता लाग्न थालेको छ,’ उनले भने। 

सन १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको नेपाल बैंक दुई सयभन्दा बढी शाखा, ६० एक्स्टेन्सन काउन्टरसहित २५ लाखभन्दा धेरै ग्राहकलाई सेवा दिइरहेकोे उनले बता । 


 

प्रकाशित मिति: १२:१४ बजे, सोमबार, मंसिर १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्