Kathmandu Press

राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै 

सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरि दुई समितिको बैठक बस्न लागिएको हो ।
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै 
Hardik ivf

काठमाडौं, मंसिर १ : राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने तय भएको छ । 

सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरि दुई समितिको बैठक बस्न लागिएको हो । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा वारेमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ः३० बजे बस्ने तय भएको छ । 

साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ः०० बजे बस्ने तय भएको छ । 
 

प्रकाशित मिति: ०८:२७ बजे, सोमबार, मंसिर १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्