Kathmandu Press

त्रिवि क्रिकेट स्टेडियम क्यानलाई हस्तान्तरण

आइतबार एक कार्यक्रममा गर्दै सहरी विकास मन्त्रालयले त्रिवि क्रिकेट स्टेडियम नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेको छ। 
त्रिवि क्रिकेट स्टेडियम क्यानलाई हस्तान्तरण

काठमाडाैं, कात्तिक ३० : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइट र प्यारापिट निर्माणको पहिलो चरण सम्पन्न भएको छ। 

आइतबार एक कार्यक्रममा गर्दै सहरी विकास मन्त्रालयले त्रिवि क्रिकेट स्टेडियम नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेको छ। 

Hardik ivf

कार्यक्रममा सहरी विकास मन्त्री कुलमान घिसिङले फ्लडलाइटको पनि औपचारिक उद्घाटन गरेका थिए। 

मन्त्री घिसिङले क्रिकेट रंगशालालाई उज्यालो बनाउन पाउँदा उत्साहित भएको बताए। एनपीएल आयोजना सुरु हुनु अगावै सम्पन्न गर्न दुई महिनाअगाडि नै आफू निरीक्षण गर्न आएको उल्लेख गर्दै उनले यो पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन्। 

मन्त्री घिसिङले निर्माण कम्पनीलाई समयमा सम्पन्न गर्न लगातार आग्रह गरेको र त्यसअनुरूप समयमा सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई धन्यवाद दिए।

योसँगै नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजन फ्लडलाइट र प्यारापिटसहितको स्टेडियममा हुनेछ। 

एनपिएलको दोस्रो संस्करण भने भोलि साँझबाट सुरु हुँदैछ। साँझ ४ बजे सुरु हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भीड्ने छन्।

प्रकाशित मिति: २१:२७ बजे, आइतबार, कात्तिक ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्