Kathmandu Press

सांसद् यादव अपहरणमा परेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु : किसान श्रेष्ठ

काठमाडौं, जेठ ५ :  नेपाल कम्युनिष्ट पार्टीका सांसद् किसान श्रेष्ठले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणमा परेको पुष्टि भए आफु झ....

सांसद् यादव अपहरणमा परेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु : किसान श्रेष्ठ

काठमाडौं, जेठ ५ :  नेपाल कम्युनिष्ट पार्टीका सांसद् किसान श्रेष्ठले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणमा परेको पुष्टि भए आफु झुण्डिएर मर्न तयार रहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले आफ्नो चरित्र हत्या गर्नका लागि सांसद् अपहरणको आरोप लगाएको बताए। 

उनले भने,’केही हप्ता अगाडि म लगायत महेश बस्नेतलाई सांसद् अपहरणको आरोप लगाइएको छ। म माननीय ज्यूहरुलाई साक्षी राखेर भन्छ चाहन्छु यदि आरोप प्रमाणित भयो भने सबै माननीयन्यूहरुको अगाडि झुन्डिएर मर्न तयार छु। के हामीलाई आरोप लगाउने डाक्टहरु पनि झुन्डिन तयार छन् ?’ 

उनले ’चिनौँ आफ्नो माटो बनाउँ आफ्नो देश’ भन्ने अभियान राम्रो रहेको भन्दै संसद्मा सरकारले ल्याएको नीति तथा कार्यक्रमको बचाउसमेत गरेका छन्।

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्