Kathmandu Press

दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउले दियो दल दर्ताका लागि आयोगमा निवेदन

प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन्। अहिले दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखतको काम भइरहेको छ। 
दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउले दियो दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं, कात्तिक ३० : दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि निवेदन निर्वाचन आयोगमा पुको छ। 

निर्वाचन आयोगमा पुगेको दल दर्ताको निवेदनमा पार्टीको नेतृत्वमा माधव खतिवडा रहेका छन्। नागरिक बचाउ दललाई प्रसाईंको समर्थन रहेको जनाइएको छ। 

प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन्। अहिले दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखतको काम भइरहेको छ। 

प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तय भएको छ। यतिबेला प्रसाईंले ७ मंसिरबाट आन्दोलनको घोषणा गर्दै सरकारसँग विभिन्न माग राखेका छन्। 

गत कात्तिक २६ गते प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानसँग सुशीला कार्की नेतृत्वको सरकारले वार्ता गरेको थियो ।

प्रकाशित मिति: १४:४४ बजे, आइतबार, कात्तिक ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्