Kathmandu Press

प्रिओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो

गत बिहीबार १.१३ अंक बढेर २५४५.७३ विन्दुमा बन्द भएको नेप्से, आज प्रि ओपन सेसनमै ४.४४ अंक बढेर २५५०.१७ विन्दुमा पुगेको हो।
प्रिओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो

काठमाडौं, कात्तिक ३० : साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.४४ अंक बढेर बन्द भएको छ। 

गत बिहीबार १.१३ अंक बढेर २५४५.७३ विन्दुमा बन्द भएको नेप्से, आज प्रि ओपन सेसनमै ४.४४ अंक बढेर २५५०.१७ विन्दुमा पुगेको हो।

Hardik ivf

यो समाचार तयार पार्दा सम्म कुल ४७ स्टकको १०५ पटकको कारोबारमा ७० लाख १० हजार ६४० रुपैयाँबराबरको १२ हजार ७५६ कित्ता शेयर खरिदबिक्री भएको छ। 

जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ । बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
 

प्रकाशित मिति: १४:३५ बजे, आइतबार, कात्तिक ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्