मधेशका मुख्यमन्त्री यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित
रिटमाथि सुनुवाइका लागि आइतबारको पेशी तय भएको थियो। आज हुने भनिएको सुनुवाइ अब भोलि सोमबारसम्मका लागि सारिएको छ।
काठमाडौं, कात्तिक ३० : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित भएको छ।
रिटमाथि सुनुवाइका लागि आइतबारको पेशी तय भएको थियो। आज हुने भनिएको सुनुवाइ अब भोलि सोमबारसम्मका लागि सारिएको छ।
रिटमा सुनुवाइका लागि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलास तय भएको थियो। आइतबार मुख्यमन्त्री यादवको नियुक्ति र सपथ रोक्न अन्तरिम आदेश दिने वा नदिने भन्ने बिषयमा सुनुवाइ हुने भनिएको थियो।
मधेस सरकारमा ठूलो दलको हैषियतमा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार गठन भएको छ।
मुख्यमन्त्री यादवलाई बद्रीबास स्थित होटलमा डाकेर तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ खुवाएपछि मधेश प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।
मधेश प्रदेशमा एमाले बाहेकका सात दलले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बन्ने गरी सरकार गठनको आह्वान हुनुपर्ने मागसहित विरोध जारी राखेका छन्।












