Kathmandu Press

मधेश प्रदेशका मुख्यमन्त्री यादवको नियुक्ति विवादमा सर्वोच्चमा सुनुवाइ हुँदै 

मुख्यमन्त्री यादवको नियुक्ति र सपथ रोक्न अन्तरिम आदेश दिने वा नदिने भन्ने बिषयमा सुनुवाइ हुन लागेको हो। 
मधेश प्रदेशका मुख्यमन्त्री यादवको नियुक्ति विवादमा सर्वोच्चमा सुनुवाइ हुँदै 

काठमाडौं, कात्तिक ३० : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विवादमा सर्वोच्च अदालतमा आइतबारका लागि सुनुवाइ तय भएको छ।

रिटमाथि सुनुवाइका लागि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलास तोकिएको छ। मुख्यमन्त्री यादवको नियुक्ति र सपथ रोक्न अन्तरिम आदेश दिने वा नदिने भन्ने बिषयमा सुनुवाइ हुन लागेको हो। 

Hardik ivf

मधेस सरकारमा ठूलो दलको हैषियतमा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार गठन भएको छ । मुख्यमन्त्री यादवलाई बद्रीबास स्थित होटलमा डाकेर तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ खुवाएपछि मधेश प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। 

मधेश प्रदेशमा एमाले बाहेकका सात दलले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बन्ने गरी सरकार गठनको आह्वान हुनुपर्ने मागसहित विरोध जारी राखेका छन्। 

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, कात्तिक ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्