Kathmandu Press

६९ सय घट्यो सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको ६ हजार ९सय रुपैयाँ घटेको छ। 
६९ सय घट्यो सुनको मूल्य 

काठमाडौं, कात्तिक ३० : अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ। गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको ६ हजार ९सय रुपैयाँ घटेको छ। 

आज सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८ सय निर्धारण भएको छ। शुक्रबार दुई लाख ४९ हजार ७ सय मा किनबेच भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि रु १५० ले घटेको छ। आज चाँदी प्रतितोला तीन हजार १ सय ३५ मा कारोबार भइरहेको छ।  

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: १२:१५ बजे, आइतबार, कात्तिक ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्