Kathmandu Press

अपहरण प्रमाणित भए झुण्डिएर मर्न तयार छु: सांसद श्रेष्ठ

काठमाडौं, जेठ ५ : समाजवादीका सांसद् डा. सुरेन्द्र यादव अपहरणका आरोपित नेकपा सांसद किसान श्रेष्ठले आरोप पुष्टि भए झुण्डिएर मर्न तयार रहेको बताएका छन्।<....

अपहरण प्रमाणित भए झुण्डिएर मर्न तयार छु: सांसद श्रेष्ठ

काठमाडौं, जेठ ५ : समाजवादीका सांसद् डा. सुरेन्द्र यादव अपहरणका आरोपित नेकपा सांसद किसान श्रेष्ठले आरोप पुष्टि भए झुण्डिएर मर्न तयार रहेको बताएका छन्।

उनले आज संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै आफ्नो चरित्र हत्या गर्नका लागि सांसद अपहरणको आरोप लगाएको बताए। उनले भने, 'केही हप्ता अगाडि मलगायत महेश बस्नेतलाई सांसद अपहरणको आरोप लगाइएको छ। म माननीयज्यूहरुलाई साक्षी राखेर भन्न चाहन्छु, यदि आरोप प्रमाणित भयो भने सबै माननीयज्यूहरु (सांसदहरु)को अगाडि झुण्डिएर मर्न तयार छु। के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झण्डिन तयार छन्?’

सरकारले राजनीतिक पार्टी फुटाउन सजिलो हुने अध्यायदेश ल्याएपछि सांसद श्रेष्ठसहित सांसद महेश बस्नेत र पूर्वआईजीपी सर्वेन्द्र खनाल लकडाउनमै जकनपुर पुगेका थिए। उनलाई रातारात काठमाडौं ल्याइएर म्यारियट होटलमा राखिएको थियो।

अर्को बिहान उनी होटलबाट भागेर जनता समाजवादी पार्टी नेताहरुको सम्पर्कमा आएका थिए। त्यसपछि उनीहरु तीनै जनाविरुद्ध सरकारी वलिकको कार्यालयमा अपरहणको उजुरी दिइएको थियो। त्यसमा अनुसन्धान जारी रहेको छ।

त्यसै प्रकरणमा सांसद श्रेष्ठले सफाइ दिन खोजेका हुन्। त्यो अपहरण नभएको जिकिर गरे।

संसद्मा बोल्दै उनले नीति तथा कार्यक्रमको प्रशंसा पनि गरे। ’चिनौँ आफ्नो माटो बनाउँ, आफ्नो देश’ भन्ने अभियान राम्रो रहेको उनको भनाइ थियो।

 

प्रकाशित मिति: १३:५१ बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्