Kathmandu Press

मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छः महासचिव पोखरेल

एमाले बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले राष्ट्रलाई वर्तमान संकटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए।
मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छः महासचिव पोखरेल

बाँके, कात्तिक २९ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम रहेको बताएका छन्।

एमाले बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले राष्ट्रलाई वर्तमान संकटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए।

१जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छौं,’ उनले भने। राष्ट्रलाई वर्तमान संकटबाट उकास्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्ने उनले बताए।

‘देशको संकट टार्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधिसभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका माग सम्बोधन गर्न सकिन्छ,’ उनले भने। 

प्रकाशित मिति: १७:०६ बजे, शनिबार, कात्तिक २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्