Kathmandu Press

मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलद्वारा बहिष्कार

आज ३ बजे प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिस्कार गरेको छ। 
4

धनुषा, कात्तिक २९ : मधेश प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक सात दलका बहिष्कार गरेका छन्। 

आज ३ बजे प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिस्कार गरेको छ। 

वर्तमान सरकार र सभामुखविरुद्ध सात दल आन्दोलनमा छन्। बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव पनि एमाले संसदीय दलको नेताको हैसियतामा आउने भएपछि सात दलले बैठक बहिस्कार गरेका हुन्।

बैठक अहिलेसम्म सुरु भएको छैन। एमालेसहित केही दलका नेताहरू बैठकमा आए पनि प्रदेश प्रमुख लाभ आइपुगेक छैनन्।
 

प्रकाशित मिति: १६:१२ बजे, शनिबार, कात्तिक २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्