एनपिएलको तयारी पुरा, टिकटबाट १२ करोड उठ्ने अनुमान
नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलन गर्दै एनपिएलको तयारी पुरा भएको जनाएको हो।
काठमाडाैं, कात्तिक २९ : नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलन गर्दै एनपिएलको तयारी पुरा भएको जनाएको हो।
एनपिएलको दोस्रो सिजन मंसिर १ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित टियू मैदाना हुँदैछ।
एनपिएलका धेरै खेलहरु फ्लडलाइटमा हुनेछ भने दर्शकले पनि प्यारापिटमा बसेर खेल हेर्न पाउने छन्। एनपिएलका धेरै खेलहरु डे-नाइट हुनेछ। एनपिएलको दोस्रो संस्करणलाई अझै भव्य बनाउने फ्लडलाइटमा खेल खेलाउन लागिएको क्यानका सचिव पारस खड्काले बताए।
क्यानले जेनेरेटरबाट फ्लडलाइड चलाउने तयारी गरेको छ। फ्लडलाइट बाल्न ७५० केभीको दुई वटा जेनेरेटर सञ्चालन गरिनेछ। दुवै जेनेरेटर चलाउन प्रतिघण्टा ४३ हजार २ सय रूपैयाँ खर्च हुने बताइएको छ।
अहिले टियू मैदानमा फ्लडलाइट अन्तिम परीक्षण भइरहेको छ भने टिमहरू एनपिएलको अन्तिम तयारी गरिरहेका छन्। टिममा आबद्ध भएका विदेशी खेलाडीले धमाधम नेपाल आइरहेका छन् भने केही खेलाडीहरुले प्रशिक्षण पनि सुरु गरिसकेका छन्।
क्यानले एनपिएलको सुरुआती ६ खेलको टिकट बुकिङ पनि खुला गरिसकेको छ।
क्यानले यो पटक ४० करोड बराबर रकम उठाउने लक्ष्य लिएको छ। क्यानका अनुसार १५ करोड ३० करोड प्रायोजकबाट, टिम ओनरबाट ९ करोड प्राप्त हुने बताइएको छ।
क्यानले एनपिएल ओटिटी प्लेटफर्मलाई पनि बचेको छ। एनपिएलको ओटिटी अधिकार डिसहोमल् ५ करोड ३० लाखमा किनेको छ। त्यसको ७१ प्रतिशत क्यानले र २९ प्रतिशत डिसहोमले पाउने छ। यस्तै, टिकट बिक्रीबाट ८ देखि १२ करोड टिकटबाट संकलन अपेक्षा क्यानले गरेको छ।
यो पटक पुरस्कार राशी नबढाइएको क्यानले जनाएको छ। डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले १ करोड १० लाख र उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख पाएको थियो।
-(56)-1764919423.jpg)




-(56)-1764919423.jpg)





