पोखरा एभेन्जर्सले भित्र्यायो इंग्लिस ब्याट्समयान जेसन रोए
विश्वका फ्रेन्चाइज लिगमा आफ्नो प्रभाव छाडेका ३५ वर्षीय रोए गत वर्षमात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।
काठमडाैं, कात्तिक २९ : विश्वकप विजेता इंग्लिस ब्याट्सम्यान जेसन रोएले नेपाल प्रियिमर लिगको दोस्रो संस्करण खेल्ने भएका छन्। विस्फोटक ओपनिङ ब्याट्सम्यान रोयले पोखरा एभन्जर्सबाट एनपिएल खेल्ने भएका हुन्।
उनी एनपिएलको दोस्रो सिजन खेल्ने ठूला खेलाडीहरुमध्ये एक हुन्। विश्वका फ्रेन्चाइज लिगमा आफ्नो प्रभाव छाडेका ३५ वर्षीय रोए गत वर्षमात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।
सन् २०१४ भारतविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका उनले अन्तिम पटक सन् २०२२मा दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्यान्डका लागि खेलेका थिए। यसबीचमा उनले ५ टेस्ट, ११६ एकदिवसीय र ६४ टि–२० आई खेलेका छन्।
उनले एकदिवसीय १२ शतक र २१ अर्धशतक मद्दतम ४२७१ रन बनाएका छन् भने टि–२० आईमा ८ अर्धशतक मद्दतमा १५२२ रन बनाएका छन्। टि–२० आईमा उनले एभरेज २४.१५ को र स्ट्राइक रेट १३७.६१को छ। इंग्ल्यान्डले सन् १०१५मा एकदिवसीय विश्वकप जित्दा उनी टिमका मुख्य सदस्य थिए।
समग्रमा उनले ४१२ टि२० खेल खेलका छन्। जसमा उनले ६ शतक र ६९ अर्धशतक मद्दतमा १०५५४ रनबनाएका छन्। जसमा उनको स्ट्राइक रेट १३९.८९को छ।
रोएले कोलकाता नाइट राइडर्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबाट आईपिएल खेलेका छन्। उनले बिगब्यास लिग, क्यारेबियन प्रियिमर लिग, भाइलिटी ब्लास्ट, द हनड्रेड, आईएल टि–२० लगायत लिगहरु खेलेका छन्।
पोखराले नयाँ सिजनका लागि न्युजिल्यान्डका जिमी निसम, वेस्टइन्डिजका अलराउण्डर रेमन रेइपर, इंग्लिस अलराउन्डर डान डौथवेइट र विकेटकिपर ब्याटर एडम रोसिङ्गटनलाई पनि अनुबन्ध गरेको छ।
पोखरामा कुशल भुर्तेल, सागर ढकाल, दिनेश खरेल, आकश चन्द, किरण ठगुन्नना, तृतराज दास, अविषेक तिवारीलगायत खेलाडी छन्।
मंसिर १ बाट सुरु हुने एनपिएलमा पोखराले पहिलो खेल मंसिर २ गते विराटनगर किंग्ससँग खेल्ने छ।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)