नामिबियाका ट्रम्पलम्यान र स्थिमले लुम्बिनीबाट एनपिएल खेल्ने
लुम्बिनीले फास्टबलर रुबेन ट्रम्पलम्यान र अलराउन्डर जेजे स्मिथलाई अनुबन्धन गरेको छ। योसँगै उसको विदेशी कोटा पुरा भएको छ।
काठमाडाैं, कात्तिक २९ : मंसिर १ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि फ्रेन्चाइजी टिम लुम्बिनी लायन्सले २ नामेबियान खेलाडीलाई अनुबन्धन गरेको छ।
लुम्बिनीले फास्टबलर रुबेन ट्रम्पलम्यान र अलराउन्डर जेजे स्मिथलाई अनुबन्धन गरेको छ। योसँगै उसको विदेशी कोटा पुरा भएको छ।
लुम्बिनीले यसअघि नै एक्टिभ टेस्ट खेलाडीका रुपमा उसले यसअघि अफगानिस्तानका अलराउन्डर गुल्बाद्दिन नइबलाई भित्र्याउँदा, अस्ट्रेलियन ब्याट्सम्यान डार्शी सर्ट र इटालीका फास्ट बलर थोमस ड्राकालाई अनुबन्धन गरेकोछ।
२७ वर्षीय ट्रम्पलम्यानले नामिबियाका लागि ४१ एकदिवसीय र ४४ टी–२० खेल खेलेका छ। उनले एकदिवसीयमा ७३ र टी–२० ४१ विकेट लिएका छन्। उनले नामियाबाट सन् २०२४ कोसहित तीन विश्वकप खेलेका छन्। उनी ब्याटिङमा पनि योगदान दिने क्षमता राख्छन्। उनले टि–२० अन्तर्राष्ट्रियमा २४६ रन बनाउँदा एकदिवसीयमा २ अर्धशतक प्रहार गरेका छन्।
दक्षिण अफ्रिकाको डर्बानमा जन्मिएका ट्रम्पलम्यानले दक्षिण अफ्रिकाको डोमेस्टिक सिस्टमबाट आएका हुन्। तर आफ्नो बुबा जन्मेको देश नामिवियाका लागि खेल्ने थालेपछि उनी चर्चामा आए। उनले सन् २०२१ मा टि–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। त्यसयता उनी नामिबियाका मुख्य खेलाडी हुन्।
यस्तै, ३० वर्षीय जेजे स्मिय बलिङ अलराउण्डर हुन्। उनले नामिबियाका लागि ४ टी–२० अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरिसकेका छन् । सन् २०२४ मार्चमा नामिबियाले नेपाल भ्रमण गर्दा जेजे स्मिथले नामिबियाको कप्तानी गरेका थिए।
वायाँ हाते ब्याटर र बायाँ हाते मिडियम पेसर बलर जेजे स्मिथले सन् २०१८ मा नामिवियाका लागि डेब्यु गरेपछि महत्वपूर्ण सदस्यको रुपमा छन् । उनले विशेषगरी अट्याकिङ ब्याटिङ र धारिलो पेस बलिङले आफूलाई चडि नै स्थापित गरेका थिए।
उनले नामिबियाका लागि ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६७ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले एकदिवसीय अन्तर्राष्ट्रिय ५६ र टी२० अन्तर्राष्ट्रियमा ६६ विकेट लिएका छन्। उनी टी२० अन्तराष्ट्रियमा नामिवियाका लागि हृयाट्रिक विकेट लिने पहिलो खेलाडी हुन्।
उनले टि–२० अन्तर्राष्ट्रिष्मा एक शतक र चार अर्धशतकसहित ११८९ रन बनाएका छन्। सन् २०२५ सेप्टेम्बरमा आईसीसी टी२० विश्वकप छनोटको अफ्रिका रिजन फाइनलमा केन्याविरुद्ध उनले छैटौ नम्बरमा ब्याटिङ गर्दै शतक प्रहार गरेका थिए। उनले एकदिवसीयमा ५ अर्धशतक मद्दतमा १०७१ रन बनाएका छन्
डेब्युको ६ वर्षपछि स्मिथ नामिबियाका लागि टी२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने र विकेट लिनेमा दोस्रो स्थानमा छन्।
मंसिर १ गतेबाट सुरु हुने एनपिएलका लागि लुम्बिनीले भारतका तिनु योहन्नानलाई मुख्य प्रशिक्षक र रोविन सिंहलाई मेन्टर नियुक्त गरेको छ। यस्तै, उसले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य सुवास खकुरेलललाई सहायक प्रशिक्षक बनाएको छ भने शक्ति गौचन कन्सलट्यान्ट प्रशिक्षकका रुपमा छन्।
रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा सन्दीप जोरा, तिलक भण्डारी, विवेक यादव, शेर मल्ल, दुर्गेश गुप्ता, अविशेष गौतम, दिनेश अधिकरी, विशाल पटेल र अदिल खान छन्।
लुम्बिनीले मंसिर ४ गते चितवन राइनोजसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
-(56)-1764919423.jpg)




-(56)-1764919423.jpg)





