Kathmandu Press

नवाैँ अक्षरा मोडेल युनाइटेड नेसन्स सुरु

कक्षा कोठामा प्रदान गरिने किताबी ज्ञानका साथै अतिरिक्त ज्ञान तथा सिप विकास गर्ने उद्देश्यले विद्यालयले प्रत्येक वर्ष एएमयुएन सञ्चालन गर्दै आएकाे छ।
नवाैँ अक्षरा मोडेल युनाइटेड नेसन्स सुरु

काठमाडाैँ, कात्तिक २८ : नवाैँ अक्षरा मोडेल युनाइटेड नेसन्स (AMUN) सुरु भएको छ। अक्षरा स्कुलसहित उपत्यकाभित्रका विभिन्न नाैवटा विद्यालयका ८, ९ र १० कक्षामा अध्ययनरत २०५ जना विद्यार्थीसम्मिलित तीन दिने एएमयुएन सुरु भएकाे हाे। व्यवसायी तथा पद्मज्याेति ग्रुपका अध्यक्ष साैरभ ज्याेतिको प्रमुख आतिथ्यमा साे कार्यक्रमकाे औपचारिक उद्घाटन भएकाे विद्यालयले जनाएकाे छ। 

कक्षा कोठामा प्रदान गरिने किताबी ज्ञानका साथै अतिरिक्त ज्ञान तथा सिप विकास गर्ने उद्देश्यले विद्यालयले प्रत्येक वर्ष एएमयुएन सञ्चालन गर्दै आएकाे छ। जीवनोपयोगी सिप सिकेर विश्वस्तरीय जनशक्ति निर्माणका लागि एएमयुएन विद्यार्थीलाई सहयाेग गर्ने खुट्किलाे बनेकाे एएमयुएन सल्लाहकार अनमोल घिमिरे बताउँछन्। 

‘मोडेल युनाइटेड नेसन्स’ (मुन) संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त एक विद्यालयस्तरीय शैक्षिक मञ्च हो, जसका माध्यमबाट विद्यार्थीले विभिन्न कमिटीमा विभिन्न देशका प्रतिनिधि बनेर ती देशका अन्तर्राष्ट्रिय नीति र दृष्टिकोणका साथै विश्वव्यापी मान्यताकाे अध्ययन, विश्वमा उत्पन्न समस्या र तिनकाे समाधान गर्ने प्रयास गर्दछन् । उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रत्येक दिन एएमयुएनका सत्रहरूकाे अवलाेकन गर्ने विद्यालयले जनाएकाे छ।

Hardik ivf

58434d83-1fdf-4554-89d2-1c1671ced2e2-1763133961.jpg

 

कात्तिक ३० गते आइतबारसम्म हुने सो कार्यक्रममा संयुक्त राष्ट्र सुरक्षा परिषद्, सामाजिक, मानवीय र सांस्कृतिक मुद्दा समिति, संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक परिषद्, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र मानव अधिकार परिषद्, शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम, अपराध रोकथाम तथा फौजदारी न्याय आयोग र अन्तर्राष्ट्रिय प्रेस गरी नाैवटा कमिटीमा विद्यार्थीहरूले छलफल गर्नेछन् । साथै सो कार्यक्रमको संयोजन विद्यार्थी आफैँले गर्नेछन्। 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि साैरभ ज्याेति, युएन प्रतिनिधि तथा प्रवक्ता रेश्मी सुनार, फेका अध्यक्ष श्रीराम दाहाललगायतले आआफ्नाे धारणा राखेका थिए । प्रमुख अतिथि ज्याेतिले चुनाैती आइरहने भएकाले ती चुनाैतीसँग सामना गर्दै अघि बढ्नुपर्नेमा जाेड दिए। युवा पुस्ताले ठुलाे सपना देख्नुपर्ने र त्यसलाइ पूरा गर्नका लागि १० वर्षे याेजना बनाएर हरेक घण्टा, हरेक दिन, महिना सचेत हुँदै अगाडि बढ्नुपर्ने बताए। 

3abce46b-0218-4ac7-bfde-ffd333bf2dc7-1763133959.jpg

अाफूले लिएकाे लक्ष्यमा समुदायकाे हित पनि समाहित हुनुपर्ने उनकाे धारणा थियाे। राजनीतिक परिवर्तन, आर्थिक असमानता, सामाजिक विभाजनजस्ता चुनौतीहरूले नयाँ पुस्ताको भविष्यलाई प्रत्यक्ष असर गरिरहेकाले अहिलेकाे विद्यार्थी पुस्ता सजगताका साथ अघि बढ्नुपर्ने बताए। उनका अनुसार यी चुनाैतीबाट बच्न होइन, समाधान खोज्न युवावर्ग अगाडि उभिनुपर्ने आवश्यकता छ।

एमयुएन भावी पुस्तालाई सशक्त बनाउने, कूटनीतिक सीपहरू सिकाउने र विश्वव्यापी चेतनालाई बढावा दिने प्रमाणको रूपमा रहेको फेका अध्यक्ष दाहालले बताए । ‘वास्तविक विश्वका कूटनीतिक चुनौती, संस्कार र संस्कृति आदानप्रदान तथा सञ्जालका लागि एमयुएनले विद्यार्थीलाई एक अवसर प्रदान गरेकाे छ,’ उनले भने। 

शिक्षण सिकाइमा यस्ता कार्यक्रमले थप टेवा पुर्याउँदै नवीन सोचको विकास गर्ने र अनुसन्धानमूलक अध्ययन गर्ने बानीको विकास हुने युएन प्रवक्ता तथा कार्यक्रमकी मुख्य वक्ता रेश्मी सुनारले बताइन् । संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरूप्रति नेपालको निरन्तर प्रतिबद्धतालाई एमयुएनले प्रतिबिम्बित गर्दै शिक्षा, समानता र वातावरणीय जागरूकता प्रवर्द्धन गर्ने उनकाे धारणा थियाे। 

6ea3c416-fa03-4761-8f3f-d42c1c6a14c4-1763133959.jpg

कार्यक्रममा फेका अध्यक्ष श्रीराम दाहाल, काठमाडौं प्याब्सन अध्यक्ष नवराज भट्ट, कागेश्वरी प्याब्सनका अध्यक्ष कृष्ण गौतम, सामुदायिक रेडियाे प्रसारक संघ नेपालका कार्यक्रम व्यवस्थापक विशाल भट्टराई, गोठाटार इंग्लिस स्कुलका प्रधानाध्यापक रामेश्वर दाहाल, न्यू स्टारपोल स्कुलका प्रधानाध्यापक राजीव शर्मा, गोल्डेन वड स्कुलका प्रधानाध्यापक हरिश श्रेष्ठ, स्प्रिङ हिल स्कुलका प्रधानाध्यापक सुन्दर बुढाथोकीलगायतकाे उपस्थिति रहेकाे थियाे। 

विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुगाेस् भन्ने उद्देश्यले विद्यालयले विगत ८ वर्षदेखि एएमयुएन सञ्चालन गर्दै आएको छ।
 

प्रकाशित मिति: २१:११ बजे, शुक्रबार, कात्तिक २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्