Kathmandu Press

महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा कार्यवाहक सभापति खड्कालाई

कार्यसम्पादन समितिको अनौपचारिक बैठकले विभिन्न विचारको प्रतिनिधित्व गर्ने पक्षहरूसँग आवश्यक परामर्श गरेर सहमतिको प्रस्ताव ल्याउने भन्दै जिम्मा दिएको हो। 
महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा कार्यवाहक सभापति खड्कालाई

काठमाडौं, कात्तिक २८ : नेपाली कांग्रेसको शुक्रबार बसेको कार्यसम्पादन समितिले महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ। 

कार्यसम्पादन समितिको अनौपचारिक बैठकले विभिन्न विचारको प्रतिनिधित्व गर्ने पक्षहरूसँग आवश्यक परामर्श गरेर सहमतिको प्रस्ताव ल्याउने भन्दै जिम्मा दिएको हो। 

कार्यवाहक सभापतिको नेतृत्व भएकाले सहमतिको पहल गर्ने जिम्मा खड्कालाई दिने अनौपचारिक सहमती भएको छ । विभिन्न विचारको प्रतिनिधित्व गर्ने पक्षहरूसँग आवश्यक परामर्श लिएर सहमतिको प्रस्ताव ल्याउन खड्कालाई भनिएको छ। 

कार्यवाहक सभापति खड्कालाई आज अनौपचारिक जिम्मेबारी तोकिएको हो। शनिबार बस्ने बैठकमा प्रस्ताव हुनेछ। प्रस्तावमा सहमति भए भोलि नै, यदी नभए पर्सिमात्र केन्द्रीय समितिको बैठक बस्ने भनिएको छ। 

आजको बैठकमा नेता डा.शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता विमलेन्द्र निधि र सहमहामन्त्री महेन्द्र यादवलगायत नेताहरु सहभागि थिए । उनीहरुले सहमतिको प्रस्ताव के हुन सक्छ भनेर कार्यवाहक सभापतिलाई प्रस्ताव गर्न आग्रह गरेका हुन्। 

प्रकाशित मिति: १९:५३ बजे, शुक्रबार, कात्तिक २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्