Kathmandu Press

निर्वाचन आयोगले दियो नेपाली कम्युनिस्ट पार्टीलाई दल दर्ताको मान्यता

आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम विभिन्न राजनीतिक दलहरू एकीकरण भएर बनेको उक्त पार्टीलाई आजको निर्णय अनुसार दल दर्ताको प्रमाणपत्र दिइएको आयोगले जनाएको छ।
निर्वाचन आयोगले दियो नेपाली कम्युनिस्ट पार्टीलाई दल दर्ताको मान्यता
फाइल तस्बिर।

काठमाडौं, कात्तिक २८ : निर्वाचन आयोगले शुक्रबार नेपाली कम्युनिस्ट पार्टीलाई दल दर्ताको मान्यता दिएको छ।

आयोगले राजनीतिक दल दर्ताको प्रमाणपत्र दिएपछि नेपाली कम्युनिस्ट पार्टीले दलको मान्यता पाएको छ। 

आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम विभिन्न राजनीतिक दलहरू एकीकरण भएर बनेको उक्त पार्टीलाई आजको निर्णय अनुसार दल दर्ताको प्रमाणपत्र दिइएको आयोगले जनाएको छ। 

विभिन्न १० वाम दल र समूहविच एकता घोषणा भई कात्तिक २० गते दल दर्ताका लागि आयोगमा निवेदन दिइएको थियो। दलहरूको एकतापछि बनेको पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ। 

प्रकाशित मिति: १९:१७ बजे, शुक्रबार, कात्तिक २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्