Kathmandu Press

बाबुरामको नयाँ शक्ति, जनार्दनको प्रगतिशिल अभियान र सन्तोष परियार एक हुने

सहमति पत्रमा नयाँ शक्तिका संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र परियारले हस्ताक्षर गरेका छन्। 
बाबुरामको नयाँ शक्ति, जनार्दनको प्रगतिशिल अभियान र सन्तोष परियार एक हुने

काठमाडौं, कात्तिक २८ : डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार एक हुने भएका छन्।

शुक्रबार भएको छलफल यस्तो सहमति भएको छ। उनीहरुबीच पाँच बुँदे सहमति भएको छ। सहमति पत्रमा नयाँ शक्तिका संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र परियारले हस्ताक्षर गरेका छन्। 

मंसिर ७ गते एकता गर्ने र नयाँ पार्टी घोषणा गर्ने सहमति भएको छ। देश तथा विदेशमा बस्ने प्रगतिशील लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन समेत आह्वान गरिएको छ। 

भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवालाई हातेमालो गर्न समेत उनीहरूले अपिल गरेका छन्।

प्रकाशित मिति: १८:४६ बजे, शुक्रबार, कात्तिक २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्