Kathmandu Press

जनार्दनको टिमले प्रगतिशील नागरिक पार्टी दर्ताका लागि आयोगमा दियो निवेदन

उनले टिमले सविन सिग्देल अध्यक्ष रहनेगरी प्रगतिशिल नागरिक पार्टी दर्ताका लागि निवेदन दिएको छ। 
जनार्दनको टिमले प्रगतिशील नागरिक पार्टी दर्ताका लागि आयोगमा दियो निवेदन

काठमाडौं, कात्तिक २८ : तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको टिमले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेको छ। 

उनले टिमले सविन सिग्देल अध्यक्ष रहनेगरी प्रगतिशिल नागरिक पार्टी दर्ताका लागि निवेदन दिएको छ। 

निर्वाचन चिन्ह तीन पात प्रस्ताव गर्दै यही कात्तिक २१ गते आयोगमा निवेदन पेश भएको थियो । तर, शुक्रबार दलको नाम संशोधन गर्दै केन्द्रीय समितिमा रहेकाले सनाखत गर्ने काम गरिरहेका छन् । जनार्दन पक्षका एक उच्च नेताले निर्वाचन चिन्ह पनि हेरेफेर भएको हुनसक्ने बताए ।

माओवादी केन्द्र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएसँगै तत्कालीन उपमहासचिव जनार्दन शर्माको संरक्षणमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेश भएको हो। 

अध्यक्ष प्रस्ताव गरिएका सिग्देल तत्कालिन  माओवादी केन्द्र निकट विद्यार्थी संगठनको विशेष प्रदेश समितिको सचिव थिए। दर्ताका लागि पेश भएको निवेदनमा केन्द्रीय समिति २५ सदस्यीय रहनेगरी प्रस्ताव गरिएको छ। केन्द्रिय समितिमा जनार्दनको नाम भने छैन।

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, कात्तिक २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्