जिमी निशमले पोखराबाट एनपिएल खेल्ने
दोस्रो सिजनका लागि यी स्टार किवी अलराउन्डरलाई पोखरा एभेन्जर्सले अनुबन्धन गरेको छ।
काठमाडाैं, कात्तिक २८ : न्युजिल्यान्डका स्टार अलराउन्डर जिमी निशमले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग पनि खेल्ने भएका छन्। दोस्रो सिजनका लागि यी स्टार किवी अलराउन्डरलाई पोखरा एभेन्जर्सले अनुबन्धन गरेको छ।
पहिलो सिजन उनले जनकपुर बोल्ट्सबाट खेलेका थिए। जनकपुरलाई च्याम्पियन बनाउन उनले बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेका थिए।
दोस्रो सिजन पनि जनकपुरले उनलाई ल्याउन चाहेको थियो। तर, आईसिसीको नियमका कारण आफू जनकपुर आउन नसकेको निमश आफैं भिडियो पोस्ट गर्दै जनाएका थिए।
एनपिएल सुरु हुनु ४ दिनअघि मात्र पोखराले निशमलाई टिममा राखेको हो।
निशमले पहिलो सिजन जनकपुरलाई च्याम्पियन बनाउने क्रममा ९ खेलमा १ अर्धशतक मद्दतमा कुशल २४७ रन बनाएका थिए। उनको स्ट्राइकरेट १९६ रनको थिया। यस्तै उनले बलबाछ ९ खेलमा ९ विकेट नै लिएका थिए।
३५ निसमले न्युजिल्याण्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ९३ टी २० आई खेलेका छन्। उनले टी२०आईमा १४९.६२ को स्ट्रारेटमा १ हजार १० रन बनाएका छन्। उनी अहिले पनि न्युजिल्यान्डको टि–२० टिमको सदस्य हुन्। उनले अघिल्लो महिना मात्र वेस्टइन्डिजविरुद्धको सिरिज खेलेका थिए।
उनले मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबाट आईपिएल खेलेका छन्। उनीसँग विश्वका अन्य लिग खेलेको अनुभव पनि छ।
पोखराले नयाँ सिजनका लागि अलराउण्डर रेमन रेइपर, डान डौथवेइट र विकेटकिपर ब्याटर एडम रोसिङ्गटनलाई पनि अनुबन्ध गरेको छ।
पोखरामा कुशल भुर्तेल, सागर ढकाल, दिनेश खरेल, आकश चन्द, किरण ठगुन्नना, तृतराज दास, अविषेक तिवारीलगायत खेलाडी छन्। मंसिर १ बाट सुरु हुने एनपिएलमा पोखराले पहिलो खेल मंसिर २ गते विराटनगर किंग्ससँग खेल्ने छ।
-(56)-1764919423.jpg)




-(56)-1764919423.jpg)





