Kathmandu Press

सन्ताेष परियारले छाडे रास्वपा

उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए। उनले मिडियालाई प्रतिक्रिया दिँदै आफुले पार्टी छाडेको जानकारी गराएका छन्।
सन्ताेष परियारले छाडे रास्वपा

काठमाडौं, कात्तिक २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी परित्यागको घोषणा गरेका छन्। 

परियारले पार्टीको साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका हुन्। 

उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए। उनले मिडियालाई प्रतिक्रिया दिँदै आफुले पार्टी छाडेको जानकारी गराएका छन्।

उनले नयाँ पार्टी बनाउने भनाई समेत राखेका छन्। रास्वपाका लोकप्रिय नेता रहेका परियारले पार्टी छाड्नुको कारण भने खोलेका छैनन्। 

प्रकाशित मिति: १४:५४ बजे, शुक्रबार, कात्तिक २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्