Kathmandu Press

कांग्रेस सभापति देउवा दम्पती आज साँझ स्वदेश फर्किंदै 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार देउवा दम्पती आज साँझ स्वदेश फर्किने कार्यक्रम तय भएको छ। बेलुका ९ः३० बजे काठमाडौँ आइपुग्नेने तालिका रहेको छ। 
कांग्रेस सभापति देउवा दम्पती आज साँझ स्वदेश फर्किंदै 

काठमाडौं, कात्तिक २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी केन्द्रीय सदस्य आरजु राणा देउवा शुक्रबार साँझ स्वदेश फर्किने भएका छन्। 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार देउवा दम्पती आज साँझ स्वदेश फर्किने कार्यक्रम तय भएको छ। बेलुका ९ः३० बजे काठमाडौँ आइपुग्नेने तालिका रहेको छ। 

भदौ २४ गते जेनजी आन्दोलनका नाममा देउवा दम्पत्तिमाथि सांघातिक आक्रमण भएको थियो। उपचारका लागि उनीहरु सिंगापुर गएका थिए। 

पार्टीभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशन के गर्ने भन्ने विषयमा सहमति हुन सकिरहेको छैन। 

देउवा स्वदेश फर्किएपछि महाधिवेशनको बिषय टुंगो लाग्ने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, कात्तिक २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्