Kathmandu Press

प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि दल दर्ता आव्हान

आयोगले प्रतिनिधिसभा निर्वाचन लड्न चाहनेलाई दलर्ला मंसिर १ गतेदेखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ गतेदेखि ७ गतेसम्म दल दर्ता गर्न निर्वाचन आह्वान गरेको हो।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि दल दर्ता आव्हान

काठमाडौं, कात्तिक २८ : निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन लड्न चाहने दललाई दर्ताको आह्वान गरेको छ।

आयोगले प्रतिनिधिसभा निर्वाचन लड्न चाहनेलाई दलर्ला मंसिर १ गतेदेखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ गतेदेखि ७ गतेसम्म दल दर्ता गर्न निर्वाचन आह्वान गरेको हो।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसकेको हुनुपर्ने आयोगले जनाएको छ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते तोकिएको छ।

१९ जना राष्ट्रिय सभा सदस्य फागुन २० मा बिदा हुँदैछन्। राष्ट्रपतिबाट मनोनित बाहेक १८ पदका लागि माघ ११ गते चुनाव हुँदै छ। 

जसमा मधेशबाट ४, कोशी र बागमतीबाट ३–३, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट २–२ जनाका लागि राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ।

प्रकाशित मिति: १२:०४ बजे, शुक्रबार, कात्तिक २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्