Kathmandu Press

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने

काठमाडौं, जेठ ५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महि....

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने

काठमाडौं, जेठ ५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन्। मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका हुन्।

उनले उक्त सहयोग शिशुको बुबा अस्पातलबाट फर्केपछि हस्तान्तरण गरिने बताए। त्यस्तै शिशलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनले प्रतिबद्धता जनाए। 

कोरोना संक्रमित महिलाको जेठ २ गते धुलिखेल अस्पतालमा उपचारका मृत्यु भएको थियो। 

प्रकाशित मिति: १२:३४ बजे, सोमबार, जेठ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्