Kathmandu Press

सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्ध अन्तरराष्ट्रिय दिवस पनि आजै

संयुक्त राष्ट्रसङ्घको आह्वानमा पाँच वर्षअघिदेखि यस दिनलाई अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।
सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्ध अन्तरराष्ट्रिय दिवस पनि आजै
Hardik ivf

काठमाडौँ, कात्तिक २८ : पुराना मूर्तिकला, चित्रकला, हस्तकला, ऐतिहासिक स्थल र अन्य सांस्कृतिक सम्पत्तिको चोरी तथा अवैध तस्करी रोक्न चेतना फैलाउने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै छ ।  

संयुक्त राष्ट्रसङ्घको आह्वानमा पाँच वर्षअघिदेखि यस दिनलाई अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन (युनेस्को) ले नेपालजस्तो सांस्कृतिक धरोहरले समृद्ध देशका, काठमाडौँ, भक्तपुर, ललितपुर लगायत स्थानका पुराना मन्दिर, मूर्तिकला र ऐतिहासिक भवनहरूको संरक्षणमा जोड दिएको छ । यस्ता सम्पदाको संरक्षणमा पुरातत्व विभाग क्रियाशील छ ।

पुरातात्विक विशेषज्ञहरूका अनुसार सांस्कृतिक सम्पत्ति केवल पुरानो वस्तु नभई राष्ट्रिय पहिचान र इतिहासको अभिन्न अङ्ग हो । त्यसैले यसको सुरक्षा र संरक्षण सबैको जिम्मेवारी हो । 

प्रकाशित मिति: ०८:०५ बजे, शुक्रबार, कात्तिक २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्