Kathmandu Press

मधेस प्रदेश सभाका सभामुख मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

अविश्वास प्रस्तावमा सभामुख मण्डलले संसदीय मर्यादा विपरीत एकतर्फी ढंगले सभा सञ्चालन गरेकोलगायत आरोप छन्। मण्डल नेकपा एमालेबाट सभामुख बनेका थिए। 
मधेस प्रदेश सभाका सभामुख मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

धनुषा, कात्तिक २७ : मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध विहीबार अविश्वास प्रस्ताव दर्ता भएको छ। पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै सात दल मिलेर अविश्वास प्रश्ताव दर्ता गरेका हुन्। 

अविश्वास प्रस्तावमा सभामुख मण्डलले संसदीय मर्यादा विपरीत एकतर्फी ढंगले सभा सञ्चालन गरेकोलगायत आरोप छन्। मण्डल नेकपा एमालेबाट सभामुख बनेका थिए। 

अविश्वास प्रशवमा गत २२ गतेको प्रदेश सभा बैठक सञ्चालनका क्रममा सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरीत विपक्षी दलका नेताहरूलाई रोष्टम प्रयोग गर्न नदिएको तथा सत्तापक्षीय सांसदहरूलाई मात्र बोल्न अनुमति दिएको, विपक्षी दलहरूको अनुपस्थितिमा समेत बैठक सञ्चालन गरेको, मुख्यमन्त्रीलाई समेत रोष्टम प्रयोग गर्न नदिएको जस्ता कार्यहरू पदको आचरणविपरीत भएको दाबी गरिएको छ। 

प्रदेश सभाका ६४ जना सदस्यहरूको समर्थनमा प्रस्ताव पेस गरिएको हो। मण्डलविरुद्धको प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएमा उनी पदमुक्त हुने छन्। 

अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमार कान्त झा, माओवादी केन्द्रका दलका नेता भरतप्रसाद साह, जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादव, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिष पटेल र नागरिक उन्मुक्ति पार्टीकी नेतृ उर्मिला देवी सिंह लगायतले हस्ताक्षर गरेका छन्। 

प्रकाशित मिति: १९:५८ बजे, बिहीबार, कात्तिक २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्