Kathmandu Press

विगतमा आफूबाट गल्ती भएको भन्दै महामन्त्री थापाको स्विकारोक्ति

‘जसलाई फेर्नुपर्छ भनिस त्यसैसँग काम गरिस् भन्नु भएको छ। अस्ति म लखेटिँदा, घर जल्दा यी कुरा मिश्रित भएर आएको पाएँ । मैले पार्टीका विकृति भत्काउन पर्नेजति भत्काउन सकिँन।’ 
विगतमा आफूबाट गल्ती भएको भन्दै महामन्त्री थापाको स्विकारोक्ति
फाइल तस्बिर।

काठमाडौं, कात्तिक २७ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफुले विगतमा गल्ती गरेको स्विकारोक्ति गरेका छन्। 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्नेक्रममा उनले यस्तो स्विकारोक्ति गरेका हुन्  उनले ०७८ सालमा शेखर कोइरालालाई सभापति बनाउन खोजे पनि नसकेको बताउँदै यसविचमा बीचमा केही गलत भएको बताए। 

Hardik ivf

बैठकमा उठेका प्रश्नको सन्दर्भ उल्लेख गर्दै थापाले भने, ‘जसलाई फेर्नुपर्छ भनिस त्यसैसँग काम गरिस् भन्नु भएको छ। अस्ति म लखेटिँदा, घर जल्दा यी कुरा मिश्रित भएर आएको पाएँ । मैले पार्टीका विकृति भत्काउन पर्नेजति भत्काउन सकिँन।’ 

गत स्थानीय तहको चुनावको टिकट वितरणको उदाहरण दिँदै थापाले त्यतिबेला पनि आफुबाट गल्ति भएको सुनाए। 

‘एक दिन स्थानीय तहको टिकटको वितरण गर्न सभापतिले बोलाउनुभयो। मैले भनेँ– यो स्थानीय तहको विषयमा यो पात्रलाई उम्मेदवार बनाउँदा ठूलो मूल्य चुकाउनुपर्छ। सभापतिले हुँदैन, मिल्दैन मैले उम्मेदवार हो भनिसकेँ भन्नुभयो,’ उनले भने, ‘यसपछि पनि मैले गल्ती गरेकै हो। मैले विरोध गरेँ । अब सभापतिले भन्नुभयो भनेर बसेँ। त्यतिबेला म हुँदैन भनेर बस्नुपर्नेथ्र्याे।’

नेकपा माओवादी केन्द्रसँगको चुनावी गठबन्धनबारे पनि आफुबाट गल्ति भएको थापाले बताए। माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्नै हुँदैन भन्ने मेरो केही सैद्धान्तिक आधारहरू रहेको बताउँदै उनले थपे, ‘यसमा पनि मैले त गल्ती गरेकै हो । कि मैले निर्णय गराउनुपथ्र्यो। कि चुनाव नलड्नुपर्नेथ्यो। गल्ती गरेकै हो । प्रतिपक्षमा बस्ने प्रचण्डलाई गएर मत हालियो।’ 

कांग्रेस–एमालेको सरकार बनाउने बेला पनि कांग्रेस सभापतिसँग जवाफ मागेको बताउँदै पछि आफुले अडान छाडेर गल्ति गरेकोसमेत उनले बताए। आफू अन्तिमसम्म लड्नुपर्नेमा   गल्ति भएको उनले बताए। 

प्रकाशित मिति: १९:३९ बजे, बिहीबार, कात्तिक २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्