रास्वपा सभापति लामिछाने र पूर्वडीआईजी जोशीको मुद्दामा मिशिल झिकाउने आदेश
सुनुवाई सकिएपछि इजलासले सर्वोच्च अदालतबाट मिशिल झिकाउने आदेश गरेको हो। सुप्रिम सहकारी ठगीसम्बन्धी सक्कल मिसिल अहिले सर्वोच्च अदालतमा रहेको छ।
बुटवल, कात्तिक २७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा बहस सकिएपछि मिशिल झिकाउने आदेश भएको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा विहीबार न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। सुनुवाई सकिएपछि इजलासले सर्वोच्च अदालतबाट मिशिल झिकाउने आदेश गरेको हो। सुप्रिम सहकारी ठगीसम्बन्धी सक्कल मिसिल अहिले सर्वोच्च अदालतमा रहेको छ।
लामिछानेको बचाउमा कानुनव्यवसायीहरु दीपेन्द्र झा, डा.नारायण कँडेल र महेन्द्र पाण्डेले बहस गरे। सुनुवाईकाक्रममा लामिछानेका कानुनव्यवसायीले लामिछानेले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन्।
लामिछानेले बिगोबराबरको बैंक ग्यारेन्टी बुझाए पनि जिल्ला अदालत रूपन्देहीले थुनामुक्त गर्न अस्विकार गरेपछि उच्च अदालतमा पुनरावेदन परेको थियो । अब सर्वोच्चबाट मिशिल आएपछि मात्र यो मुद्दामा सुनुवाई अघि बढ्ने छ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

