Kathmandu Press

नैतिकताहीन र अहंककारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : किराँती

विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नैतिकताहिन र अहंककारी नेताहरुलाई आगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्ने भन्दै भ्रष्टाचार र बेथितिको दलदलबाट सफाई गर्नुपर्ने बताए। 
नैतिकताहीन र अहंककारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : किराँती

काठमाडौं, कात्तिक २७ : ‘प्रगतिशील राष्ट्रिय अभियान’का अगुवा सुदन किराँतीले देशलाई वर्तमान अवस्थामा पु¥याउने नैतिकताहीन र अहंककारी नेताहरुलाई अगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्न सबैलाई आह्वान गरेका छन्।

विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नैतिकताहिन र अहंककारी नेताहरुलाई आगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्ने भन्दै भ्रष्टाचार र बेथितिको दलदलबाट सफाई गर्नुपर्ने बताए। 

यस्तै, उनले युवाहरुको आन्दोलनको समयमा हेलिकोप्टर चढेर भागेका र सैनिक ब्यारेकमा लुक्न बाध्य भएका असफल अहंकारी नेताहरुमा रुपान्तरणको कुनै संकेत नभएको पनि बताए  

नेता किरातीले आफूहरुले माओवादी केन्द्रभित्र लोकतान्त्रिक मूल्य स्थापित गर्न, पार्टीभित्र पारदर्शिता कायम गर्न, सम्पत्ति छानबिन गर्न र देशको समग्र अर्थतन्त्रको पुनर्संरचना लागि पहल गरेको तर नेतृत्वले बेवास्ता गरेको बताए।

‘हामीले माओवादी पार्टी भित्र तीन वर्षदेखि लोकतान्त्रिक मूल्य स्थापित गर्न, पार्टीभित्र पारदर्शिता कायम गर्न, सम्पत्ति छानबिन गर्न, देशको समग्र अर्थतन्त्रको पुनर्संरचनाको पहल गर्न, जनजीविका प्रश्नहरुको समाधान गर्नका र पहल लिनका लागि तथा रुपान्तरणसहित नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने बहस सघन रुपमा उठाएका थियौं। ती एजेन्डाहरुलाई बेवास्ता गर्दै, केन्द्रिय समितिले पटकपटक महाधिवेशनको मिति तोकेर पनि त्यसको बेवास्ता गर्ने काम भयो । स्थापित पार्टी र आन्दोलनलाई लोकतान्त्रिकरण गराउने, जवाफदेही बनाउने तथा बिधिमा संचालन गर्ने हाम्रो प्रयत्नलाई असफल बनाउने काम भयो,’ किरातीले भने। 
 

प्रकाशित मिति: १६:३७ बजे, बिहीबार, कात्तिक २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्