Kathmandu Press

सरकारले प्रदेशलाई अधिकारविहीन बनायो : यादव

काठमाडौं, जेठ ५ : जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले प्रदेश सरकारलाई अधिकारविहीन बनाएको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकम....

सरकारले प्रदेशलाई अधिकारविहीन बनायो : यादव

काठमाडौं, जेठ ५ : जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले प्रदेश सरकारलाई अधिकारविहीन बनाएको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशलाई अधिकारविहीन बनाएको बताएका हुन्। 'प्रदेशलदाई अधिकारविहीन बनाइएको छ' नेता यादवले भने, 'प्रदेशले पाउने बजेट जनसंख्या र भुगोलका आधारमा छुट्टाउनुपर्छ।'

उनले सरकारको नीति तथा कार्यक्रमले कोरोनाको महामारीलाई सम्बोधन नगरेको बताए। 'कोरोनाबाट प्रभावित क्षेत्रहरुलाई सरकारले उचित बजेटको व्यवस्था गर्न माग गर्छु,' उनले भने।

कोरोनाका कारण विश्वभर र नेपाल पनि भयभित भएको उल्लेख गर्दै महामारीबाट बचाउने गरि बजेट आउनुपर्ने बताए। उनले संक्रमण रोक्न परीक्षणको दायरा बढान पनि माग गरे।

कोरोनाका कारण भविष्यमा आउने आर्थिक चुनौतिको सामना गर्न सरकारले खाका बनाउनुपर्ने बताए। 'नेपालको आर्थिक वृद्धिदर २ प्रतिशतमा झर्ने प्रक्षेपण छ। कृषि, रोजगारी, पर्यटन, स्वास्थ्य र उद्योगलाई प्राथमितामा राख्नुपर्छ,' नेता यादवले भने, 'कृषि कहिले पनि प्राथमिकतामा परेको छैन। चामल, दाल फलफुल तरकारी अर्बौ रुपैयाँको भारतबाट भित्रिएको छ। वैज्ञानिक भूमि व्यवस्थापन र औद्योगीकरणमा ध्यान दिनुपर्छ। आर्थिक उत्पादनका लागि १० देखि १५ प्रतिशत बजेट कृषि हुनुपर्छ।'

उनले राजनीतिक स्थिरताका लागि विगतमा उठाएका माग सम्बोधन गर्नुपर्ने बताए। उनले भने, 'सर्वस्वीकार्य संविधान बनाउन संशोधनको माग उठाएका थियों। तर, अहिलेसम्म गरेको छैन।'

त्यस्तै, स्वास्थ्य क्षेत्रमा पनि बजेट बढाउन माग गरे। उनले भने, 'जनशक्तिको अभाव छ। १२ हजार जनतामा एक डाक्टर उपलब्ध छन्। यसले थेग्दैन।'

सरकारले कालापानीलगायत अतिक्रमित क्षेत्रको समस्या समाधान गर्न पहल नगरेको आरोप लगाए। उनले भने, 'सबै दल एक ठाउँमा भएको वेला सरकारले समस्या किन समधान गर्न सकेको छैन? सरकारले कालापानी र सुस्ताको समस्या हल गरोस्।'

प्रकाशित मिति: १२:०३ बजे, सोमबार, जेठ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्