Kathmandu Press

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

काठमाडौं, कात्तिक २७ : नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन्। 

बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

Hardik ivf

कात्तिक २५ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। उनले आजैबाट प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।

३० वर्षे सेवा अवधिका कारण महानिरीक्षक चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका थिए। उनै स्थान कार्कीले लिएका हुन्। 

आईजिपी बन्नुअघि उनी काठमाडौं उपत्यसका प्रहरी प्रमुखका रुपमा कार्यरत थिए।

प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, कात्तिक २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्