Kathmandu Press

जेनजी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

यसैगरी, हेटौडा उपमहानगरपालिका–११ नवलपुरका  ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षका सुरेन्द्र मगरलाई पक्राउ गरिएको छ । 
जेनजी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

बागमती, कात्तिक २७ : जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् । 

बागमती प्रदेशसभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने भन्ने रोमबहादुर घतानेलाई पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 

Hardik ivf

यसैगरी, हेटौडा उपमहानगरपालिका–११ नवलपुरका  ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षका सुरेन्द्र मगरलाई पक्राउ गरिएको छ । 

उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: ०८:१२ बजे, बिहीबार, कात्तिक २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्