Kathmandu Press

लेमन ट्री प्रिमियरको अध्यक्षमा अम्बिका पौडेल

यस्तै सभाले शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सिर्जना केसीलाई अन्य सञ्चालक पदमा निर्वाचित गरिएको छ । 
लेमन ट्री प्रिमियरको अध्यक्षमा अम्बिका पौडेल
Hardik ivf

काठमाडौं, कात्तिक २७ : बुढानिलकण्ठ हेरिटेजबाट प्रवर्द्धित होटल लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभाले अध्यक्षमा अम्बिका पौडेललाई चयन गरेको छ । यस्तै सभाले शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सिर्जना केसीलाई अन्य सञ्चालक पदमा निर्वाचित गरिएको छ । 

बुढानिलकण्ठ क्षेत्रको बढ्दो पर्यटकीय सम्भावना ध्यानमा राख्दै, होटलले सेवा स्तर र व्यवस्थापनमा सुधार ल्याउने योजना अघि सारेको जनाएको छ । सभामा सहभागी सेयरधनीहरूले नयाँ नेतृत्व र पूँजी योजनाप्रति विश्वास व्यक्त गर्दै दीर्घकालीन प्रगतिको आशा प्रकट गरेका छन् ।

नयाँ नेतृत्वले होटलको व्यवस्थापनमा नयाँ दृष्टिकोण र उत्साह भर्ने अपेक्षा गरिएको छ । त्यस्तै, यस कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय पनि सर्वसम्मत पारित गरेको छ।

प्रकाशित मिति: ०७:५९ बजे, बिहीबार, कात्तिक २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्