Kathmandu Press

‘राष्ट्र असाधारण संकटमा, एकता ऐतिहासिक आवश्यकता हो’

‘राष्ट्र असाधारण संकटमा, एकता ऐतिहासिक आवश्यकता हो’

काठमाडौं, कात्तिक २६ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता भएको बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान नेपालबीचको पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले देश अहिले असाधारण संकटमा परेको बताएका हुन्।

Hardik ivf

दाहालले भने, ‘आज हामी १० घटकदेखि १२ घटक भएका छौं । तर अझै केही समयपछि यो घटकहरूको संख्या बढ्दै जानेछ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। यो एकीकरण हुँदै जाने हो भने नेपालमा अरु पार्टी नै नरहने हुन् कि भन्ने लागिरहेको छ। यो एकता प्रक्रियालाई देशले बढो गम्भीर रूपमा हेरिरहेको छ। देश अहिले असाधारण संकटमा छ।’

उनले आज भएको समायोजनले एकता प्रक्रियालाई सापेक्षित रूपमा पूर्णतातिर अघि बढाएको बताए। ‘यसले देशभित्र मात्रै होइन, देश बाहिर रहेका स्वाभिमानी नेपाली नागरिकहरूमा पनि नयाँ आत्मविश्वास र ऊर्जा दिएको छ,’ प्रचण्डले भने।

उनले यो एकता कुनै चुनाव जित्ने उद्देश्यका लागि नभई राष्ट्र र जनताको रक्षा गर्नुपर्ने वस्तुगत आवश्यकता भएकाले गरिएको स्पष्ट पारे। ‘यो एकता राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकता हो,’ प्रचण्डले  भने, ‘त्यही कारण हामीले एकता प्रक्रिया अघि बढाएका हौं।’

साथै उनले नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको आत्मसम्मान, नेपालको भौगोलिक अखण्डता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, आफ्नो बारेमा फैसला आफैंले गर्न पाउने अधिकार रक्षाका लागि एकता गर्न आवश्यक रहेको बताए।
 
उनले भने, ‘नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको आत्मसम्मान, नेपालको भौगोलिक अखण्डता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, आफ्नो बारेमा फैसला आफैंले गर्न पाउने अधिकार रक्षा गर्नुपर्ने छ । इतिहासमा यस्तो संकटमा कहिले देश परेको थिएन।’ 

प्रकाशित मिति: २२:२४ बजे, बुधबार, कात्तिक २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्