Kathmandu Press

नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाण पत्र

उनले विगतका दिनमा नागरिक उन्मुक्ति पार्टी गठन गर्दापनि आफुले यीनै कुरालाई उल्लेख गरेको थिए तर कारण बस ती कामहरु पुरा नभएको अब पुरा गर्ने बताएका छन्।
नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाण पत्र

काठमाडौं, कात्तिक २६ : रेशम चौधरीको संरक्षकत्वमा कबिर सोप अध्यक्ष रहने गरी निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र पाएको छ। बुधबार रेशम चौधरी, कबिर सोप लगायतका अन्य सदस्यले आयोगमा गएर पार्टी दर्ताको प्रमाण पत्र बुझेका हुन्।

यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। गत निर्वाचनमा सो पार्टीले ४ सिट ल्याएको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको किचलोका कारण चौधरीले नयाँ पार्टी गठन गरेका हुन्। 

त्यस्तै पार्टी दर्ता गर्दै उनले नेपालको हरेक शासन, हरेक निकाए हरेक तप्कामा सामान्य सिमन्तकृत, आदीबासि जनजाति, थारु महिला पिछडिएका वर्गको सबैको सहभागिता हुन पर्छ  भन्ने उदेश्यले नागरिक उन्मुत्ति पार्टी नेपालको जन्म भएको बताएका छन्।

उनले विगतका दिनमा नागरिक उन्मुक्ति पार्टी गठन गर्दापनि आफुले यीनै कुरालाई उल्लेख गरेको थिए तर कारण बस ती कामहरु पुरा नभएको अब पुरा गर्ने बताएका छन्। उनले वर्तमान परिपक्षमा अब हरेक नागरिकलाई न्याए दिन पर्ने भन्दै नागरिकलाई राज्यसँगको सहभागिता  गराउन आवश्यक रहेको उल्लेख गरे। 

‘धेरै नेपाली नागरिकलाई संविधान छ भन्ने थाहा छ तर संविधानमा आपुनो हक र अधिकार लेखिएको नलेखिएको बारेमा थाहा छैन। हाम्रो देश नेपालको हरेक शासन, हरेक निकाए हरेक तप्कामा सामान्य भन्दा सामान्य सिमन्तकृत, आदीबासि जनजाति, थारु महिला पिछडिएका वर्गको सबैको सहभागिता हुन पर्छ  भन्ने उदेश्यले नागरिक उन्मुत्ति पार्टी नेपालको जन्म भएको छ।

‘विगतमा नागरिक उन्मुक्ति पार्टी गठन गर्दापनि आफुले यिनै कुरालाई उल्लेख गरेको थिए। तर यीकुरा हरु हामीले त्यहाँबाट पुरा गर्न सकेनौँ र वर्तमान परिपक्षमा हामीले अब हरेक नागरिकलाई हामीले न्याए दिन पर्छ, नागरिकलाई राज्यसँगको सहभागिता  गराउन पर्छ,’ उनले भने। 

 

प्रकाशित मिति: १४:३० बजे, बुधबार, कात्तिक २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्