जग्गा कित्ताकाट तत्कालका लागि खुला
भूमि बैंक खोल्ने व्यवस्था पनि संशोधनमार्फत नियमावलीमा गरिएको छ । नियमावलीमा भएको संशोधनले विगतदेखि बल्झिँदै आएको जग्गा कित्ताकाटको जटीलताको गाँठो तत्कालका लागि फुकेको छ।
काठमाडौं, कात्तिक २६ : सरकारले रोकिएको जग्गा कित्ताकाट तत्कालका लागि खुला गरेको छ।
भूउपयोग नियमावलीमा संशोधनमार्फत कित्ताकाट खोल्ने व्यवस्था गरिएको हो। भूमि बैंक खोल्ने व्यवस्था पनि संशोधनमार्फत नियमावलीमा गरिएको छ । नियमावलीमा भएको संशोधनले विगतदेखि बल्झिँदै आएको जग्गा कित्ताकाटको जटीलताको गाँठो तत्कालका लागि फुकेको छ।
भूमि व्यवस्थापन तथा गरिबी निवारण मन्त्रालयको प्रस्ताव अनुरुपसोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘भूउपयोग (तेस्रो संशोधन) नियमावली, २०८२’ स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको छ।
उक्त संशोधनले भूउपयोग वर्गीकरणको म्याद थप्ने व्यवस्था गरेको छ । नियमावलीमा भूउपयोग वर्गीकरणको म्याद आगामी असारसम्म कायम गर्ने व्यवस्था गरिएको छ।
यो सँगै रोकिएको कित्ताकाटको समस्या पनि तत्कालका लागि खुलेको छ । साथै, भूमि बैंक खोल्ने व्यवस्था पनि संशोधनमार्फत नियमावलीमा गरिएको छ।












