Kathmandu Press

पाँच सचिवको सरुवा 

सरुवा हुने सचिवहरुमा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ। लुम्बिनीमा कार्यरत भूपाल बराललाई अर्थ मन्त्रालयको राजश्व सचिवमा सरुवा गरिएको छ। 
पाँच सचिवको सरुवा 

काठमाडौं, कात्तिक २६ : सरकारले पाँच जना सचिवको सरुवा गरेको छ। प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा रहेका सचिवहरु सरुवा भएका हुन्। 

सरुवा हुने सचिवहरुमा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ। लुम्बिनीमा कार्यरत भूपाल बराललाई अर्थ मन्त्रालयको राजश्व सचिवमा सरुवा गरिएको छ। 

अतिरिक्त सचिव कृष्णप्रसाद काप्रीलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ। काप्री सचिवमा बढुवा भए पनि लामो समयदेखि पदस्थापन हुन बाँकी थियो। 

यस्तै, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव कमल पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा (अतिरिक्त) सचिवमा सरुवा गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको कायम मुकायम (कामु) प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, कात्तिक २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्