भारत र पाकिस्तानबीच आरोप–प्रत्यारोप
पाकिस्तानका प्रधानमन्त्री शरीफले भारत समर्थित यस्ता संगठनहरू पाकिस्तानमा सक्रिय रहेको र उक्त घटनाका पछाडि उनीहरूको षड्यन्त्र रहेको दाबी गरेका थिए।
काठमाडौं, कात्तिक २६ : भारत र पाकिस्तानविच फेरि आरोपप्रत्यारोप चलेको छ।
पाकिस्तानको राजधानी इस्लामाबादको अदालत परिसरबाहिर मंगलबार भएको आत्मघाती हमलामा १२ जनाको मृत्यु भएका बिषयमा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले भारत समर्थित समूहहरूको हात रहेको आरोप लगाएपछि भारतले आरोपको कडा प्रतिबाद गर्दै हास्यास्पद भनेको छ।
पाकिस्तानका प्रधानमन्त्री शरीफले भारत समर्थित यस्ता संगठनहरू पाकिस्तानमा सक्रिय रहेको र उक्त घटनाका पछाडि उनीहरूको षड्यन्त्र रहेको दाबी गरेका थिए।
पाकिस्ताको यस्तो आरोपपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यस्तो आरोप हतास पाकिस्तानको परिणाम भएको भन्दै प्रतिबाद गरेकाछन्। पाकिस्तानको नेतृत्व अफवाह फैलाउन लागिपरेको जैसवालले बताएका छन्।
साथै, जैसवालले अन्तर्राष्ट्रिय समुदाय पाकिस्तानको यस्ता प्रयासहरूबाट भ्रमित नहुने समेत बताए। पाकिस्तानमा सेनाको चाहनामा सत्ता कब्जा गर्ने प्रक्रियामा रहेको दाबी गर्दै संवैधानिक व्यवस्था कमजोर हुनुले जनतामा असन्तुष्टि बढिरहेको दाबी समेत जैसवालले गरेका छन्।
यस्तो अवस्थामा भारतमाथि आरोप लगाउनु पाकिस्तानको नेतृत्वको हताशपूर्ण कदम भएको उनको जिकिर छ। यस प्रकारका बयानबाजीहरू पाकिस्तानको आन्तरिक समस्याहरू लुकाउने प्रयास मात्र भएको टिप्पणी उनको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले विश्व पाकिस्तानको वास्तविकतासँग परिचित रहेकाले भारतमाथि लगाइएका आरोपहरूमा कुनै सत्यता नभएको बताएका छन्।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)