Kathmandu Press

बूढानीलकण्ठको तेञ्जिङ चोक पनि सिल

काठमाडौं, जेठ ५ : एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोक सिल गरिएको छ।

सर्लाहीको र....

बूढानीलकण्ठको तेञ्जिङ चोक पनि सिल

काठमाडौं, जेठ ५ : एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोक सिल गरिएको छ।

सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ-१२ तेञ्जिङ चोक बसोबास गदैँ आएकी युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनले बसोबास गर्ने क्षेत्रदेखि दुई सय ५० मिटर वरपर सिल गरिएको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताए।

संक्रमण देखिएकी युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको छ। युवतीको सम्पर्कमा आएका १५ जनाको पनि स्वाब परीक्षण गर्ने बताइएको छ।

अरुमा संक्रमण नफैलिन नदिन थप सतर्कता अपनाउनका लागि वडा सिल गरिएको नगर प्रमुख खरेलले बताए। यो क्षेत्रमा आगामी तीन दिनसम्म एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोकिने उनले बताए। आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ।

त्यस्तै, तारकेश्वर नगरपालिकाले अनुमतिबिना अपरिचित व्यक्ति र सवारी साधनलाई प्रवेश निषेध गरेको छ। कोभिड–१९ को संक्रमण मुलुकमा बढ्दै गएकाले नगरपालिकाभित्र अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित व्यक्ति तथा सवारी साधनलाई नगरपालिका क्षेत्र प्रवेशमा कडाइका साथ रोक लगाइने नगर प्रमुख रामेश्वर बोहराले बताए।

नगरपालिकाले लकडाउन अवधिमा काठमाडौँ उपत्यका बाहिरबाट कुनै व्यक्ति आफ्नो घर, टोल वा क्षेत्रमा प्रवेश गरेको जानकारी पाएमा तत्काल प्रहरीचौकी, स्वास्थ्यचौकी, वडा कार्यालय र नगरपालिकालाई खबर गर्न आग्रह गरेको छ।

नगरपालिकाभित्र सञ्चालित खाद्य सामग्री, तरकारी, ग्यास र दुग्धजन्य पसल दिनको एक पटक बिहान ५ देखि ९ बजेसम्म खोल्न दिइने भएको छ।

नगरपालिकाभित्र सञ्चालित व्यवसाय एवं उद्योगमा कार्यरत श्रमिकको स्वास्थ्य सुरक्षाको जिम्मा सम्बन्धित उद्योगधनी  तथा व्यवसायीले पूर्ण रुपमा लिई सञ्चालन गर्नुपर्ने नगरपालिकाले जनाएको छ। यस्तै कुनै पनि वडामा राहत वितरण र खाना खुवाउने कार्य अबउप्रान्त नगरपालिकाको पूर्वस्वीकृति लिएर मात्र गर्नुपर्ने बताइएको छ। (रासस)

प्रकाशित मिति: ११:३६ बजे, सोमबार, जेठ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्