Kathmandu Press

आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

बुधबार काठमाडौंमा एक कार्यक्रम गरि ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिय भईरहेका रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेका हुन् ।  
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

काठमाडौं, कात्तिक २६ : आज नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रम गरि ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिय भईरहेका रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेका हुन् ।  

आज ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् । आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार रहेको बताइएको छ । 
 

प्रकाशित मिति: ०८:२९ बजे, बुधबार, कात्तिक २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्