Kathmandu Press

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार  फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा  हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

चितवन, कात्तिक २६ : मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार  फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा  हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।

Hardik ivf

दुर्घटनामा सोही स्थानका  कर्णबहादुर प्रजा  र विष्णु प्रजा घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ भरतपुर पठाइएको छ । जिपमा चालकसहित चार जना सवार थिए ।  

जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ०७:५४ बजे, बुधबार, कात्तिक २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्